२३५ कोरोना संक्रमित थपिए, ४ को मृत्यु

  काठमाडौं, पुस १६ / पछिल्लो २४ घण्टामा देशभर थप २३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २१२ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ९ हजार ८४ जनाको नमुना संकलन गरेर परीक्षण गर्दा २३५ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ४ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ४ हजार ८७९ जना सक्रिय संक्रमित रहेका छन् ।

शुक्रबार, १६ पुष, २०७८, दिउँसोको ०४:४७ बजे

सम्बन्धित खवर