अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब ‘वी रिड’ले नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति पाएको छ ।

वी रिडबाट प्रकाशित प्रेस विज्ञप्ति जारी गरी ‘दि ट्रुथ्स वी होल्ड’ नेपालीमा भाषामा अनुवाद गर्ने अनुमति पाएको जानकारी गराइएको हो ।

वी रीडकी प्रमुख कार्यकारी अधिकृत सुनिती अमात्यले पुस्तक चाँडै प्रकाशन गरिने जानकारी दिइन् ।

वी रिडले कमला ह्यारिसको सोही पुस्तक ‘दि ट्रुथ्स वी होल्ड’ नेपालीमा प्रकाशन गर्न लागेको हो ।

महिला समानताको सवालमा अगाडि मानिने अमेरिकाको राजनीतिमा भने २१ औं शताब्दीमा पनि वर्णभेदी र लिंगभेदी नै छ ।

यो वर्षको जनवरी २० मा कमला ह्यारिस संयुक्त राज्य अमेरिकाको उपराष्ट्रपति पदभार सम्हाल्दै गर्दा उनले दुई खालका इतिहास रचिन् ।

एउटा उनी अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बनिरहेकी थिइन्। अर्को उनी त्यो पदमा पुग्ने पहिलो कालो वर्णकी महिला तथा पहिलो दक्षिण एसियाली महिला बनिन् ।

यी र यस्तै इतिहास रच्ने पात्र कमला ह्यारिसको ‘ट्रुथ्स वी होल्ड’ पुस्तक विभिन्न बेस्ट सेलर पुस्तकको सूचीमा पर्न सफल पुस्तक हो ।

पुस्तकमा अमेरिकाकी प्रभावशाली र प्रेरक राजनीतिज्ञ कमलाले अमेरिकी जनताको एकताबद्ध गर्ने मूल सत्यबारे चर्चा गरेकी छन् ।

२०१९ मा, उनले बालसाहित्य ‘सुपरहिरोज आर एभ्रिह्वेर’ र कानुनी न्यायका पक्षमा लेखिएको ‘स्मार्ट अन क्राइम’ पनि प्रकाशित छन् ।

कमलाको ट्रुथ्स वील्ड होल्ड सन् २०१९ मा चुनावी अभियानअघि सार्वजनिक भएको पुस्तक हो ।

पुस्तकमा उनको करियर, निजी अनुभव र वैचारिक धारणाको मिश्रण भेटिन्छ ।

Facebook Comments Box