काठमाडौं, जेठ १९ / नेपाल रेडक्रस सोसाइटीले ५ वटा जिल्लालाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको छ । अमेरिकन रेडक्रसको सहयोगमा प्राप्त एम्बुलेन्सहरू ओखलढुङ्गा, दोलखा, रामेछाप, चितवन र मकवानपुर जिल्लाहरूलाई हस्तान्तरण गरिएको हो ।

सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारी, नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ नेपाल प्रमुख अजमद उल्ला, अमेरिकन रेडक्रसका नेपाल प्रमुख हरि कार्कीले संयुक्त रूपमा जिल्ला शाखा तथा उपशाखाका प्रतिनिधिहरूलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेको हो ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले एम्बुलेन्स सेवा मोबाइल अस्पतालका रूपमा हुनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले नेपाल रेडक्रस सोसाइटीले ७० जिल्लामा दुई सयभन्दा बढी एम्बुलेन्स सञ्चालन गरी सेवा दिइरहेको बताए । देशैभर नेपाल रेडक्रसबाट सञ्चालन भएका ५ वर्ष यताका ‘ग’ वर्गका एम्बुलेन्सहरूलाई स्तरोन्नति गरी ‘ख’ वर्गको बनाउन लागिएको कार्यकारी निर्देशक ढकालले बताए ।

Facebook Comments Box