भाद्र १, तेह्रथुम/ तेह्रथुमको छथर गाउँपालिकामा आयोजित स्थानीय तह स्तरीय छथर गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि दमक नगरपालिका झापाले जितेको छ ।

पाँच दिनदेखि जारी प्रतियोगितामा आमचोक गाउँपालिका भोजपुरलाई सोझो सेटमा हराउँदै दमकले उपाधि जितेको हो । प्रथम हुनेले नगद एक लाख रुपैया नगद, प्रमाणपत्र, मेडल र कप हात पारेको छ । त्यस्तै, उपबिजेता बनेको आमचोकले ६५ हजार रुपैया नगद प्रमाणपत्र मेडल र कप पाएको छ । विजेता र उपविजेतालाई गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुले पुरस्कार प्रदान गर्नुभएको थियो ।

छथरलाई खेलकुद क्षेत्रमा विकास गर्ने उद्देश्यले गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता गरिएको हो । प्रतियोगितामा तेह्रथुम, धनकुटा, भोजपुर र झापाका ११ टिम सहभागी थिए ।

Facebook Comments Box