काठमाडौँ /  प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनदिनभित्र सरकारलाई पूर्णता दिने बताएका छन् । तीनदिनभित्र सरकारले पूर्णता पाउने, जसपा पनि सरकारमा जाने भएको छ । कुन कुन मन्त्रालय लिने र को को सरकारमा जाने भन्ने विषयमा आज छलफल गर्न आज पार्टी बैठक बस्दैछ ।
सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै प्रधानमन्त्रीले चाँडै सरकारले पूर्णता पाउने बताएका िथए । सञ्चारकर्मीमाझ २/४ दिन भित्रै सरकारलाई पूर्णता दिने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरुसँग भोलि (मंगलबार) बिहानबाटै छलफल सुरु गर्ने पनि स्पष्ट पारे । उनले आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अव आराम ढंगले सरकारले काम गर्ने दाबी समेत गरे ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण चैत्रको अन्तिम हप्ता वा वैशाख पहिलो हप्ता भित्र हुन सक्ने बताए ।

Facebook Comments Box