बेलबारी / मोरङको बेलबारी नगरपालिका–३ स्थितमा रहेको कोशी प्रदेश प्रहरी अस्पतालमा ल्याव परिक्षण सेवा सुरु भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा सेवा सुरु भएको हो ।
निमित्त प्रदेश प्रहरी प्रमुख बास्तोलाले ल्यावमा रगतको परीक्षण गर्न नमुना दिई सेवा शुभारम्भ गरेका थिए । ल्याबमा सीबीसी, एलएफटी, लिपिड–प्रोफाइल, युरिन, स्टुल, युरिक एसिड, सोडियम, सेरोलोजीसहितमको परीक्षण हुनेछ ।

सेवा शुभारम्भ कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक श्याम कुमार महतो, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेललगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box