झापा/ प्रहरीले झापाबाट खैरो हेराइनसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–११ घर भएका २९ वर्षीय साजन राई, ३५ वर्षीय सुन्दर लावती र बिर्तामोड नगरपालिका–६ बस्ने सुजन विश्वकर्मा छन् ।
खैरो हेरोइनसहित उनीहरूलाई सोमबार साँझ पक्राउ गरिएको झापाका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए । साजन र सुन्दरको साथबाट प्रहरीले ९ ग्राम ७ सय ७० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।
सुजनको साथबाट १ ग्राम खैरो हेरोइन बरामद गरिएको एसपी रेग्मीले जानकारी दिए । आरोपीतहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Facebook Comments Box