दमक / दमक -६ स्थित विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः असिम राई चुनिएका छन्। संस्थाको सम्पन्न १२ औं वार्षिक साधारण सभाको निर्वाचनबाट दोस्रो कार्यकालका लागि उनी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोध निर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा सम्झना साँवा लिम्वू ,सचिवमा सुमन कुमार राई र सदस्यहरुमा अनिता तामाङ्ग,नारायण प्रसाद खरेल,निर्मला लावती र युवराज दंगाल चुनिएको निर्वाचन समितिका संयोजक अनिलदेव राईले जानकारी दिए । त्यसैगरी साधारण सभाले खेमराज पौडेलको संयोजकत्वमा कविता फागो र माया राई सदस्य रहेको तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक राईले बताए ।
उत्कृष्ठ कारोवारी सदस्यहरु पुरस्कृत
सहकारीले संस्थामा कारोवार गर्ने मध्ये विभिन्न विधामा उत्कृष्ट हुने १३ जना शेयर सदस्यहरुलाई पुरस्कृत गरेको छ । उत्कृष्ट शेयर सदस्यहरुमा मनिकुमार सारु मगर,विशाल सिटौला,युवराज पाठक,सुखमति लिम्वू,टिकाराम भण्डारी ,अनिता विश्वकर्मा र वाल बचतकर्ता मिहाङ राई लगायतलाई पुरस्कृत गरिएको हो ।
यसैगरि, संस्थामा उत्कृष्ट शेयरका रुपमा विक्रम सुब्बा ,रजिन राई ,देवेन्द्र चेम्जोङ्, रुपा सेलिङ, सरिता कुमारी चौधरी र गंगा राई लगायतलाई पनि सम्मान गरिएको सञ्चालक समितिका सदस्य हरि प्रसाद दाहालले बताए ।सभामा उत्कृष्ट कर्मचारीका रुपमा आनन्द धिमाललाई पुरस्कृत गरेको थियो ।
दमक -६ का वडाअध्यक्ष टेक बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको सभामा संस्थाका अध्यक्ष असिम राईद्धारा सञ्चालक समितिको प्रतिवेदन र लेखा समिति संयोजक पौडेलले प्रस्तुत गरेको लेखा प्रतिवेदन छलफल पछि सुझाव सहित पारित गरिएको थियो ।
उत्कृष्ठ शेयर सदस्यहरुलाई पुरस्कृत तथा सम्मान प्रदान गदैं वडाअध्यक्ष थापाले सहकारीमा शेयर सदस्यले अनिवार्य रुपमा थोरै भए पनि बचत गरे बानीले मात्र सहकारी संस्था र शेयर सदस्यको प्रगति हुने जोड दिए । कार्यक्रममा समता कृषि सहकारी संस्था दमकका अध्यक्ष शान्ति राम भटराई, लगायतले सहकारीका विषयमा बोलेका थिए।

Facebook Comments Box