सन्दिप लामिछानेले रचे क्रिकेट इतिहासमा दुर्लभ कृतिमान

४२ औं एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट पूरा


नेपाल क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले ४२ औं एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट पूरा गरेका छन् ।
एसीसी प्रिमियर कपमा ओमानविरुद्ध अदिल शफिकलाई आउट गर्दै सन्दीपले ओडिआई इतिहासकै दुर्लभ कीर्तिमान बनाएका हुन् । सन्दीपले १३ औं ओभरको तेस्रो बलमा शफिकलाई १३ रनमा एलबीडब्लू आउट गरेरका थिए ।
यसअघि यो कीर्तिमान अफगानिस्तानका रशिद खानको नाममा थियो । रशिदले ४४ इनिङ्समा यो सफलता पाएका थिए । उक्त कीर्तिमान तोड्दै सन्दीप अव ओडिआईमा सर्वाधिक छिटो ४२ खेलमा एक सय विकेट लिने पहिलो खेलाडी बनेका हुन् ।
Facebook Comments Box