दमक/ बेलायती सैनिकको उच्च पदक भिसीबाट सम्मानित दमकका रामबहादुर बेघाको पार्थिव शरीर शुक्रवार दिउँसो गृह नगर दमक ल्याइएको छ । काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा बेघाको ८७ंं वर्षको उमेरमा निधन भएको थियो ।
उनको पार्थिव शरीर आप्mनै ठाउँमा अन्त्येष्टि गर्न दमक ल्याइएको मृतक बेघाकी बुहारी मनकुमारी बेघाले बताइन् । सन् १९६६ मा क्याप्टेन लिम्बूले भिसी सम्मान पाएका थिए । १३ जना गोर्खाली भीसीहरूमा उनी मात्र जीवित थिए । दमक-८ का स्थायी बासिन्दा उनका चार छोरा छन् । बेघाको स्वास्थ्य अवस्था जटिल भएपछि तीन महिना अघि उनलाई गोर्खा वेल्फेयर र सशस्त्र प्रहरीको समेत सहयोग र समन्वयमा हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको थियो । उनी मिर्गौला र मुटु सम्बन्धी पुरानो समस्याबाट अस्वस्थ्य थिए ।

Facebook Comments Box