कास्की /  कास्कीको पाेखरा स्थित मानव अधिकार चाेकमा प्रधानमन्त्री केपी शर्मा ओलीकाे समर्थनमा युवा संघ र अनेरास्ववियुले गरेकाे प्रदर्शनलाई भेडाहरुको जमातको संज्ञा दिइएको छ ।

प्रधानमन्त्री ओलिको हिजोको कदम लाई लिएर सबैतिर आलोचना भैरहेको बेला आज पोखराको मानवअधिकार चोकमा उनको समर्थनमा प्रदर्शन भएको हो । चर्चित लोक गायक बद्री पङेनीको सईं पनि एमाले, मै पनि एमाले बोलको गीत बजाएर गरेको प्रदर्शन लाई लिएर सामाजिक संजाल फेसबुकमा प्रदर्शनमा सहाभागी हरुलाई भेडा , झोले , चोरहरु भन्दै संजाल प्रयोगकर्ता हरुले गाली गरेका छन ।                                                                                         
अनलाइन खबरले फेसबुकमा अप्लोड गरेको भिडियो हेरेर देश बिदेशमा रहेका युवाहरुले देश बिगार्ने यिनै भेडाहरु हुन भन्दै गाली गरेका छन । उनिहरुले देश माहामारीको चपेटामा परेको बेलामा यस्तो असम्बैधानिक कदमको समर्थनमा जुलुस निकाल्ने हरु ओलिका असली झोले हनुमान र भेडाहरु रहेको उल्लेख गरेका छन । जनता कोरोनाको औषधि नपाएर मरिरहेको बेलामा देशलाइ अस्थिरता तर्फ धकेल्ने यस्तो कदमको समर्थन गर्ने भेडाहरुले गर्दा मुलुकले गति लिन नसकेको भन्दै समाजिक सन्जाल प्रयोगकर्ताहरुले रोश प्रकट गरेका छन ।

श्रोत सामाजिक सन्जालमा आधारित रहेर

Facebook Comments Box