जब म हातमुखजोर्नको लागि बगरको बालुवा र गिट्टीमा रमाउछु ।
तिम्रो श्रमिकदिवसको त्योे बुलन्द नारी आवाजले मेरो
हातहरु थरथर काम्नथालेको अनुभूति गर्छु ।।

एकैछिन टोलाएर तिम्रो त्यो भाषणको कल्पनामा आफुलाई हराउछु ।
झसङगभएर तिमी र म मा धेरै भिन्नता भएको पाउछु ।।

आफुलाई एक पटक नियाल्छु खोलाको पानी संगै आफ्ना सपनाहरु बगीरहेको देख्छु ।
मेरो पनि त रहर थियो तिमी जस्तै नारी बनेर आफु जस्तै श्रमिकमहिलाको लागि लडने ।

के गर्नु र खै म लाचार र विबश छु आफ्नो दुधे बालक कसरी पाल्ने ।
जब अन्तराष्ट्रिय नारी दिवस प्रणेता क्लाराको नाम सुन्छु ।

अनि फेरी ति नारी र तिमी नारी भित्रको भिन्नता केलाउन थाल्छु ।
खै त तिमी र तिम्रो आन्दोलनले ति वस्ति वस्तिका नारीका करुण आवाजलाई सुन्न सकेको ?

हत्या, हिंसा, बलत्कारले पिल्सिएकाको मलमबनिभर्न सकेको ?
त्यसैले अब सबैको शुभदिन बनि आओस श्रमिक महिला दिवस ।
सबै श्रमशोसित महिलालाई खुसीदिने चाड बनोस १११ औ श्रमिकमहिलादिवस ।।

पविता विश्वकर्मा

Facebook Comments Box