काठमाडौँ, २४ फागुन /  नेकपा एमालेको अध्यक्ष सन्ध्या तिवारी हुन् कि प्रधानमन्त्री केपी शर्मा ओली हुन् भन्ने गम्भीर प्रश्न खडा भएको छ । नेकपाको नामका सम्बन्धमा भएको रिटमा सम्बन्धमा सर्वोच्च अदालले आइतबार नेकपा (नेकपा) विघटन गर्दै पूर्ववतः पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा परिणत गरिदिएको छ । रिट निवेदक ऋषि कट्टेलले नाम जुधाएकाले नाम खारेज गरिपाउँ भन्ने मागदाबी भएपनि अदालतले पार्टीको एकता नै भंग गरिदिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूह एमाले व्युँतिएकोमा पुलकित भएका छन् । नेता कार्यकर्ताले एमाले व्यँतिएकोमा खुशियाली मनाए । ओली समूहले प्रचण्ड-माधव नेपालको नेतृत्वमा रहेको नेकपाका नेता कार्यकर्ताप्रति व्यंग्य गरे ।

सोमबार नै प्रधानमन्त्री ओलीले नेता भीम रावलको नाम नलिइकन तपाई कुन पार्टीको हो भनेर सोध्नु नपरोस भनेर व्यंग्य गरेका छन् । अदालतले एमाले व्यँताइदिएकोमा ओली समूह जति खुशिः भएका छन्, त्यसको तुलनामा प्रचण्ड-नेपाल समूहका पूर्व एमाले नेता कार्यकर्ता रक्षात्मक बनेका छन् ।

एमालेको अध्यक्ष सन्ध्या तिवारी हुन् कि प्रधानमन्त्री ओली ?

एमाले अदालतले व्यँताएकोमा ओली समूहले जितको रुपमा प्रचार गरेपनि कानुनी रुपमा एमालेको अध्यक्ष प्रधानमन्त्री ओली होइनन् । अदालतको फैसला पछि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले एमाले र माओवादी केन्द्र आयोगमा दर्ता भए सकेकाले ओली र प्रचण्ड नेपाल समूहले नयाँ पार्टी दर्ता गर्नु पर्ने बताएका छन् ।

एमाले अध्यक्ष तिवारीले पनि एमाले ओली समूहलाई नदिने बताएकी छन् । उनले पार्टी ओलीलाई नसुम्पने बताइन् । सन्ध्या तिवारीलाई केपी शर्मा ओलीले फोन गरिसकेको उनको कार्यालय श्रोतले जनाएको छ । ऋषि कट्टेल नेतृत्वको नेकपा निर्वाचन आयोगमा जुन प्रक्रियाबाट दर्ता भएकोे छ, त्यसरी नै नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता भएका हुन् । सन्ध्या तिवारीले ओलीलाई नदिउन्जेल एमाले ओली समूहको हातमा जान सक्ने अवस्था हुन सक्तैन ।

निर्वाचन आयोगमा खारेज भएर नयाँ दर्ता कायम भएको नेकपा एमालेको अध्यक्ष केपी ओली नभएर सन्ध्या तिवारी हुन् । कानुन अनुसार दर्ता भएको पार्टीमा हस्तक्षेप हुँदा ऋषि कट्टेल गए जसरी तिवारीको एमाले पनि अदालत जान सक्ने ढोका खुला हुन्छ । कानुनी र राजनीतिक रुपमा पनि एमालेको अध्यक्ष केपी ओली नभएर तिवारी हुन् ।

ओली समूहले भने एमालेको अध्यक्ष ओली भएको र एमाले आफ्नो भएको प्रचार गर्न थालेका छन् । तर, एमाले हुन सन्ध्या तिवारीसँग पूर्व एमाले ओली माधव नेपाल समूहको बहुमतले पार्टी एकता गर्ने निर्णय गर्नु पर्ने हुन्छ । वा संसदीय दलमा ४० प्रतिशतले अर्को पार्टी गठन गर्ने र सन्ध्या तिवारीसँग पार्टी एकता गर्नु पर्ने हुन्छ ।

पूर्व एमाले समूहको बहुमतले निर्णय एकता गर्ने सम्भावना कम भएपनि ४० प्रतिशतले नयाँ पार्टी बनाएर तिवारीसँग एकता गर्ने सम्भावना भने छ । त्यसो नहँुदा ओली समूह कानुनी रुपमा एमाले हुने सम्भावना हुँदैन । तर, निर्वाचन आयोगबाट बलजफ्ती गरेर एमाले अध्यक्ष ओली भएको निर्णय गर्न सक्छ । यस्तो अवस्थामा सन्ध्या तिवारीको समूह अदालत गए आयोगको निर्णय कार्यान्वयनमा समस्या आउँछ ।

प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्चमा परेको रिटको फैसलामा नेकपा (नेकपा)को एकीकरणलाई स्वीकार गरिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एका भई नेकपा (नेकपा) गठन भएको सर्वोच्चको फैसला विपरित आइतवारको फैसला आएको छ । संवैधानिक इजलासको फैसला विपरित आएको फैसलामा अनेक प्रश्न उठेका छन् । निवेदकले माग नगरेको विषयमा अदालत प्रवेश गरेकाले पुनरावलोकनबाट फैसला बदर हुन सक्ने भएकाले ओली नेकपा एमालेको अध्यक्ष कायम हुँदैनन् । सत्ता र शक्तिको भरमा भएका राजनीतिक निर्णय भन्दा कानुनी निर्णय बलियाृे हुने भएकाले ओली कुन पार्टीका अध्यक्ष हुन् भन्ने नै टुंगो लागेको छैन ।

Facebook Comments Box