जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको छ। बैठक दिउँसो साढे १ बजेदेखि पार्टी कार्यालय बबरमहलमा बसिरहेको एक नेताले बताए। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछिको अवस्थामा थप रणनीति बनाउन जसपा छलफलमा जुटेको हो।
यसअघि प्रधानमन्त्री देउवालाई जसपाको उपेन्द्र यादव-बाबुराम पक्षले साथ दिँदै आएकोमा आइतबार महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले पनि साथ दिएको छ। यो पक्षका सबै सांसदले आइतबार देउवालाई विश्वासको मत दिएका थिए।

जसपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधीन रहेको छ। महन्थ-राजेन्द्र पक्षले उपेन्द्र-बाबुराम पक्षलाई निर्वाचन आयोगबाट निवेदन फिर्ता लिन आग्रह गरेको छ। ओली सत्ता बहिर्गमनमा परेसंगै ठाकुर पक्ष पार्टीको कार्यकारिणी समिती र संसदिय दल दुवै निकायमा अल्पमतमा परेको छ । सत्ताको बल प्रयोग गरेर निर्वाचन आयोगलाई आफू अनुकुल निर्णय गराउने रणनीतिमा रहेको यो समूह सर्वोच्च अदालतको फैसला संगै अफ्ट्यारोमा परेको छ ।अदालतको फैसला पछि आफू निकटहरुले छोड्दै गएपछि झनै समस्यामा परेको ठाकुर महतो पक्ष निर्वाचन आयोगले आफ्नो प्रतिकुल निर्णय गर्ने बुझेपछि अर्का अध्यक्ष उपेन्द्र यादवलाई आयोग बाट निवेदन फिर्ता लिन अनुरोध गरिरहेको छ ।

Facebook Comments Box