झापाको गौरादहमा ताजपुरिया कला, संस्कृति विकास समितिको तेस्रो वार्षिक उत्सव एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
गौरादह नगरपालिका वडा नं.१ स्थिति ताजपुरिया समाज कल्याण परिषदको केन्द्रीय कार्यालयमा बुधबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाली राष्ट्रिय गायक सीताराम ताजपुरियालाई दोसल्ला नगद र सम्मानपत्रले सम्मान गरिएको थियो भने, ताजपुरिया कला संस्कृति विकास समितिका स्व। सल्लाहकार भविसचन्द्र ताजपुरियालाई स्मरण गर्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी ताजपुरिया समाज कल्याण परिषदका महासचिव पर्शुराम ताजपुरिया, सभापति समितिका अध्यक्ष चन्द्रप्रसाद ताजपुरिया र विशेष अतिथिका रुपमा ताजपुरिया कला, संस्कृति विकास समिति प्रवासी मञ्चका अध्यक्ष रविलाल ताजपुरिया र ताजपुरिया भाषाका लोक गायिका लक्ष्मी ताजपुरिया लगायतको उपस्थिति थियो । कार्यक्रममा अतिथिहरुका रुपमा समितिका सल्लाहकार पूर्णप्रसाद ताजपुरिया, वरिष्ठ उपाध्यक्ष राजकुमार ताजपुरिया, र कोषाध्यक्ष प्रभादेवी ताजपुरियाको पनि उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा महासचिव पर्शुरामले आउँदै गरेको २०७८ सालको जनगणनामा आफ्नो पहिचान जात, भाषा, धर्म सम्पूर्ण जानकारी गणकलाई जानकारी गराई जनगणनामा सम्पूर्ण ताजपुरिया समुदायलाई सामेल भइदिनुहुन र सफल बनाइदिनुहुन आग्रह गरे । उनले जनगणनामा २०७८ को जात ताजपुरिया, भाषा ताजपुरिया, धर्म प्रकृतिपूजक लेखाउन समेत आग्रह समेत गरे ।                   

समितिका वरिष्ठ उपाध्यक्ष राजकुमार ताजपुरिया, प्रवासीका अध्यक्ष रविलाल ताजपुरियाले स्वागत मन्तव्य राखेको कार्यक्रममा समितिका अध्यक्ष चन्द्रप्रसाद ताजपुरियाले सम्पूर्ण कला विकास समिति परिवारलाई तेस्रो वार्षिक उत्सवको सुखद उपलक्ष्यमा शुभकामना एवं बधाई व्यक्त गरे । कार्यक्रमको सञ्चालन सञ्चालक समितिका सचिप खेमराज ताजपुरियाले गरेका थिए ।- noline bichar बाट साभार

Facebook Comments Box