एउटी बुढी पोखराबाट काठमाडौ जाने बसमा चढी । उनले खलासीलाई बोलाएर भनी, ” बाबू मुग्लिन आएपछि मलाई खबर गर है ?”
खलासीले ‘ अ, हुन्छ ‘ भन्यो । तर बस मलेखु आईसकेपछि खलासीलाई बल्ल बुढीले भनेको कुरा याद आयो । उसले तुरुन्तै बुढीलाई बोलायो र भन्यो, ‘ आमा, तपाईलाई मुग्लिन आयो भन्नै भुलेछु, हामी त मलेखु आईपुग्यौं ।’

बुढी ‘ अब म कसरी मुग्लिन जाऊ, मलाई मुग्लिन नै पुर्याईदेऊ ‘ भन्दै बिलौना गर्न थाली । यात्रु सबैले ‘ बुढी मान्छे हो बस फर्काएर मुग्लिन लैजाउ भन्न थाले। बस मुग्लिन फर्काईयो । मुग्लिन आएपछि खलासीले भन्यो, ‘ आमा मुग्लिन आईपुग्यो, ल झर्नुस ?’

बुढीले भनी , “किन झर्नु बाबू ?”

खलासी : अघि मुग्लिन-मुग्लिन भन्नुभएको होईन र?

बुढी : कुरो के भनेनि बाबू, पोखराकि छोरीले डाक्टरले मुग्लिन पुगेपछि यो प्रेसरको औषधि खानु भनेकी थिई । एकछिन पख है, म औषधी खान्छु । जान त म काठमाडौ नै जाने हो ।
🤣🤣🤣

Facebook Comments Box