२४ आश्विन, काठमाडौँ /  बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ ।

दसैँको टीकाको भोलिपल्ट गत बिहीबार (२० असोज)मा पक्राउ परेका सन्दीपलाई थप सात दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले सोमबार प्रहरीलाई अनुमति दिएको हो । सन्दीपलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।
गत २१ भदौमा एक नाबालिगका आफन्तले सन्दीपविरुद्ध बलात्कारको उजुरी प्रहरी वृत्त गौशालामा दर्ता गराएका थिए ।

Facebook Comments Box