काठमाडौँ /  जनता समाजवादी पार्टी नेपालकी नेतृ प्रमिला यादव उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गर्न नयाँ वानेश्वर पुगेकी छन् ।
यादव उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउन वानेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेकी हुन् । यादवको बारेमा जसपाले उपराष्ट्रपतिमा उम्मेदवारी दिने कुनै औपचारिक निर्णय भने गरेको छैन ।
जसपाले यसअघि नै बारा २ बाट प्रतिनिधि सभा सदस्य जितेका रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । प्रमिलासँगै रासहाय यादवको पनि उम्मेदवारी पर्नेछ ।

Facebook Comments Box