नेपाली लेखक संघ झापाको अध्यक्षमा कुमार भट्टराई चुनिएका छन् । बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभा हलमा आज आयोजित साहित्यकारहरुको भेलाले भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा धनकुमारी खरेल (लता ), सचिवमा समीरबाबु कट्टेल, सहसचिवमा सुनिता तामाङ, कोषाध्यक्षमा पवन राजवंशीलाई चयन गरेको छ ।
साहित्यकार तथा पत्रकार केशव आचार्य, विष्णुकुमार भट्टराई, राजेश ढुङ्गाना लगायतको उपस्थितिमा सम्पन्न भेलाले सदस्यहरुमा दयानन्द गोस्वामी, वेणुप्रसाद अधिकारी, चित्रा पौड्याल, ठाकुरप्रसाद पोखरेल, राजेन्द्र गौतम र दिपीन राई रहेका छन् ।
त्यसैगरी भेलाले नेपाली लेखक संघको कोशी प्रदेश अधिवेशनका लागि प्रतिनिधि समेत चयन गरेको छ ।भेलाले जिल्ला अध्यक्षसहित पाँचजना प्रदेश प्रतिनिधि समेत चयन गरेको छ । प्रदेश प्रतिनिधिमा अध्यक्ष भट्टराई, रश्मिशेखर सुवेदी, लिला अनमोल, मिलनकुमार ढुङ्गाना र लेखनाथ पौड्याल (केशव ) लाई चयन गरेको हो ।
लोकतान्त्रिक विचारधारामा विश्वास गर्ने साहित्य तथा लेखकहरुको संस्था नेपाली लेखक संघ झापा गोपालकुमार बस्नेत नेतृत्वमा रहेको थियो ।

Facebook Comments Box