दमक/ साहित्य कला संगम दमकमा स्थापना गरिएको स्व. तुलसादेवी न्यौपाने प्रतिभा पुरस्कार -२०७९ बाट एक जना शिक्षक तथा २० जना विद्यार्थीहरु पुरस्कृत भएका छन् ।
हिमालय माध्यमिक विद्यालयमा शुक्रवार एक कार्यक्रम गरि उत्कृष्ठ शिक्षकका रुपमा हिमाविका शिक्षक रमेश रेग्मी र हिमावि तथा पृथ्वी माध्यमिक विद्यालयका उत्कृष्ठ दश दश विद्यार्थीलाई नगद ,प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो । शिक्षक रेग्मीलाई नगद रु ५ हजार र विद्यार्थीलाई जनही रु ३ हजार प्रदान गरिएको थियो ।
दमकका होमयोचिकित्सक डा. लेखनाथ न्यौपानेसहितका दाजुभाईहरुले साहित्यकला संगममा रु १० लाखको अक्षयकोष स्थापना गरेका छन् । त्यही कोषमार्फत संस्थाले केहि बर्षदेखि बार्षिक रुपमा यसरीनै पुरस्कार प्रदान गरिआएको छ ।
दमक प्रज्ञा प्रतिष्ठानका निर्वतमान अध्यक्ष हेम अधिकारीको प्रमुख आतिथ्यता तथा दमक ७ का वडाअध्यक्ष भीमप्रसाद पौडेलको विशिष्ट आतिथ्यतामा भएको पुरस्कार वितरण कार्यक्रमका अवसरमा श्रष्टाहरु ओमप्रसाद खनाल,ओमप्रकाश गौतम, विरेन्द्र खड्का,लता खना, प्रिति बस्नेत, ओमप्रकाश लिम्बू, यादव अधिकारी लगायतका एक दर्जन बढी श्रष्टाहरुले साहित्य रचनाहरु प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा स्व. न्यौपानेका छोरा समेत रहेका ज्येष्ठ छविराम न्यौपाने, हिमाविका प्रअ द्रोर्ण श्रेष्ठ, सुर्यदर्शन शाकोसका अध्यक्ष टिकाराज सापकोटा लगायत संस्थाका पदाधिकारी, कोषकादाता परिवार,शिक्षक तथा विद्यार्थीहरु,श्रष्टाहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।

Facebook Comments Box