दमक/    कोशी नामांकन भएयता भएको आन्दोलन जारी रहेको छ भने सांसद र मन्त्रीहरु गाउँ पस्न नसक्ने भएको छन् । आन्दोलनरत पक्षले कोशीको पक्षधर सांसदहरुलाई गाउँ छिर्न बन्देज गरेका छन् । फागुन १७ गते प्रदेशको नाम कोशी राखेसँगै उक्त नाम खारेजको माग प्रदेश नं. १ पुनः नामङ्कन संयुक्त संघर्ष समिति आन्दोलनरत छ । माओवादीले पनि कोशी नाम खारेज गरेर बहुपहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने माग गर्दै भइरहेको आन्दोलनप्रति ऐक्यवबद्धता जनाएको छ । तर, प्रदेशसभा सञ्चालन नियमावलीमा भने प्रदेशको नामकरण वा पुनः नामकरणको विषय उल्लेख नगरी सभामुखलाई मस्यौदा हस्तान्तरण गरिएको छ ।

कोशी नाम खारेजको माग गर्दै संघर्ष समितिले चैत ५ गते गरेको प्रदर्शनमा सहभागी पदम लिम्बू लाजेहाङ घाइते भएका थिए । उनको चैत १० गते मृत्यु भएपछि प्रदेशका कतिपय पालिका तथा कार्यालयहरुले अझै प्रदेशको नाम कोशी लेख्न सकेका छैनन् । कतिपय पालिकामा लेखिएका बोर्ड पनि पहिचान पक्षधरले हटाइदिएका छन् । ठाउँठाउँमा सांसद तथा मन्त्रीलाई कालोमोसो दल्ने प्रयास भएको छ ।

Facebook Comments Box