राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन्। वैशाख १० गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलले स्वीकृति दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन्।

राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘२०८० वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ।”

सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्को सिफारिशका आधारमा मन्त्रिपरिषद्ले गत चैत २८ गते निर्णय गरेको थियो। सरकारको निर्णयका आधारमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति कार्यालयमा पत्राचार गरेका थिए।

Facebook Comments Box