काठमाडौँ / नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले विभिन्न १० कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुलाई एउटै मञ्चमा उभ्याउने भएका छन् । तत्कालीन नेकपा स्थापना भएको ७५ औं वर्षगाँठको उपलक्ष्यमा वैशाख ९ गते उनले आमसभा गर्ने भएका हुन् ।
नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै देशका १० कम्युनिस्ट पार्टीका नेताहरुलाई बोलाएर काठमाडौँको खुलामञ्चमा कार्यक्रम गर्न लागिएको बताए ।
वैशाख ९ गते काठमाडौँको सुन्धाराबाट सुरु भएको जुलुस खुलामञ्चमा पुगेर आमसभामा परिणीत हुने भएको छ । त्यस सभालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित १० पार्टीका शीर्ष नेताहरुलाई सम्बोधन गर्न निमन्त्रणा गरिएको छ ।
राजनीतिक अस्थिरताले दुश्चक्रमा फसेको, आर्थिक संकट चुलिएकाले देशभक्त वामपन्थी पार्टी र नेताहरुबीच गम्भीर छलफल हुने बताएको छ ।

Facebook Comments Box