बुधबारे/ हात्तीको आक्रमणमा परेर झापाको बुद्धशान्तिका एकजना वृद्धको ज्यान गएको छ । हात्तीले आफ्नो बारीको मकै सखाप बनाउन थालेपछि शनिवार बिहान हात्ती धपाउन गएका बुद्धशान्ति गाउँपालिका वडा नं. ५ खारखोलाका ७० वर्षीय भिमबहादुर भट्टराईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी खगेन्द्र रिजालका अनुसार शनिबार बिहान करिब साढे ३ बजे बारीमा हात्ती आएको थाहा पाएर भट्टराई हात्ती धपाउन निस्किएका र हात्तीले कुल्चेपछि उनको घटनास्थलमा नै ज्यान गएको हो । केही दिनयता निरन्तर बुद्धशान्ति गाउँपालिकाका विभिन्न टोलमा हात्ती आएर स्थानीयले लगाएको मकै लगायतका बालीहरू नष्ट गर्दै आएको थियो । हात्तीले रातैपिछे सताउन थालेपछि स्थानीयहरु रातभर जाग्राम बसेर हात्ती धपाउँदै आएका थिए ।

Facebook Comments Box