दमक/ आफन्तको श्राद्धमा गएका झापाको दमक नगरपालिका- ९ का दुई दाजुभाइसहित तीन जनाको सप्तकोशी नदीमा डुबेर मृत्यु भएको छ । आफन्तको श्राद्धमा गएका उनीहरु सप्तकोशीमा नुहाउने क्रममा डुवेर तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा दमक -९ झापाका २१ वर्षीय नवीन न्यौपाने, उनका भाइ १९ वर्षीय रुद्र न्यौपाने र मोरङको उर्लाबारी नगरपालिका-७ का राजु गुरागाईं रहेका छन् । गत बुधबार सप्तकोशी नदीमा नुहाउने क्रममा तीन जना बेपत्ता भएकोमा एकजनाको शव सोही दिन फेला परेको थियो । बेपत्ता भएका दुई जनाको शव भने शनिबार मात्र फेला परेको जानकारीमा आएको छ । बुधबारदेखि बेपत्ता भएका रुद्र र राजुको शव इटहरीस्थित बराह बाहिनी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले गोताखोरबाट खटिएको टोलीले फेला पारेको जनाइएको छ ।

Facebook Comments Box