कमल/ डाईनामिक पब्लिक लाइब्रेरी (डिपीएल ) कमल शाखाको अध्यक्षमा जिवन सापकोटा चयन भएका छन् । डिपीएलको झापाको कमल गाउँपालिका-५ स्थित मंगलमय माविमा भएको तेस्रो अधिवेशनले सापकोटाको अध्यक्षतामा शाखाको नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । लाईब्रेरीका राष्ट्रिय अध्यक्ष हेमन्त नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष सन्दिप न्यौपाने, संस्थापक अध्यक्ष विनोद उप्रेती, उपाध्यक्ष अनु भण्डारी, मंगलमय मावि व्यवस्थापन समिति अध्यक्ष तिर्थबहादुर थापा लगायतको आतिथ्यता रहेको थियो ।
निवर्तमान अध्यक्ष दिवस खतिवडा सहितको क्लब बोर्डमा वरिष्ठ उपाध्यक्ष सञ्जीव पाठक, उपाध्यक्ष सिसम नेपाल, बिपन निरौला, महासचिव दिपक खड्का र कोषाध्यक्ष ऐश्वर्या चौहान रहेका छन् । यस्तै विभिन्न विभागका संयोजकहरु पनि सर्वसम्मत चयन भएका छन् । संयोजकहरुमा केदार चापागाईं, कोशिषराज सिवाकोटी, नविन भट्टराई, सगर रेग्मी, शम्भु निरौला, सन्तोष गौतम, मैया चौहान, आरुष दाश र प्रतिमा भट्टराई रहेका छन् । क्लबले गाउँपालिकाका युवाहरुमा पठन संस्कृतिको विकासका लागि पुस्तकालय स्थापना गर्ने तथा विभिन्न कार्यालयहरुमा वाचनालय सञ्चालनका लागि पहल गर्ने   जानकारी गराइएको छ ।

Facebook Comments Box