चितवन/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रतिनिधि सभा सदस्यमा पुनः दोस्रो पटक निर्वाचित भएका छन् । नागरिकता काण्डमा परेर सर्वोच्च अदालतको फैसलापछि सांसद पदबाट पदमुक्त भएका उनले यही वैशाख १० गते भएको उपनिर्वाचनमा गत मंसिर ४ गते भएको निर्वाचनमा भन्दा बढी मत ल्याएका छन् ।
चितवन-२ बाट उनी दोश्रो पटक विजयी भएका हुन् । लामिछानेले ५४ हजार १७५ मत ल्याउँदा उनका निकटतम् प्रतिष्पर्धी नेपाली काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार ११४ मत पाएको निर्वाचन आयोगले जनाएको छ । यसैगरी नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन् । लामिछानेले गत मंसिर ४ को निर्वाचनमा भन्दा पनि बढी मत पाएर पहिलेको रेकर्ड ब्रेक गरेका छन् । उनी गत मंसिर ४ गतेको निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजयी भएका थिए । नागरिकता विवादमा यसअघि लामिछानेको पद गएसँगै चितवन २ मा उपनिर्वाचन गर्नुपरेको हो ।

Facebook Comments Box