दमकमा अर्किड डेन्टल क्लिनिक

दमक/ झापाको दमकमा अर्किड मल्टिस्पेसियालिटी डेन्टल क्लिनिक सञ्चालनमा आएको छ । दमक-८ मा रहेको नमस्ते पब्लिक हस्पिटलको पहिलो तलामा सोमबारदेखि अर्किड मल्टिस्पेसियालिटी डेन्टल क्लिनिक सञ्चालनमा आएको हो । करिब ७ वर्षको अनुभव सहित दाँतका बिरामीहरुलाई छिटो छरितो रुपमा अत्याधुनिक सेवा दिन क्लिनिक सञ्चालनमा ल्याएको अर्किड मल्टिस्पेसियालिटी डेन्टल क्लिनिकका सिनियर डेन्टल सर्जन डा.पवन कुमार सिंहले जानकारी दिए ।
हाल यस क्लिनिकमा डा.पवन सँगै कन्सल्टेन्ट डेन्टल सर्जन डा.रत्न मिसालले सेवा प्रदान गरे । डा.पवनका अनुसार क्लिनिकमा आउने सेवाग्राहीहरुले अबको १ महिना सम्म निःशुल्क दन्त परीक्षण गरिने छ । क्लिनिकमा डिजिटल एक्सरे, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जराबाट नै उपचार गर्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, इम्प्लान्ट गरी फिक्स दाँत राख्ने, बाँगो टिँगो दाँत मिलाउने, बच्चाको दाँतको सम्पूणर् हेरचाह, दाँत फुकाल्ने, सामुदायिक दन्त कार्यक्रम, आम समुदायलाई जनचेतना लगायतको सेवाहरु प्रदान गरिने सिनियर डेन्टल सर्जन डा.सिंहले जानकारी दिए । सामुदायिक दन्त कार्यक्रम अन्तर्गत समुदायमा गएर निःशुल्क दन्त परीक्षण, निःशुल्क दाँत निकाल्ने, ब्रस पेस्ट बाँड्ने लगायतका कार्यक्रमहरु पनि गर्दै जाने डा. सिंहले जानकारी गराएका छन् । बिरामीहरुको सेवाका लागि बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म क्लिनिक संचालनमा रहने जानकारी गराइएको छ । बिरामीहरुलाई सहज र भरपर्दो उपचार सेवा उपलब्ध गराउन आगामी दिनमा क्लिनिकबाट आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा सुविधाहरु थप गर्दै लैजाने योजना रहेको डा. सिंहले बताएका छन् ।

