काठमाडौं/ नेपालमा बुधबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार १ हजार ६३४ जनाको नमुनामध्ये ४९४ जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र १ हजार ४२० जनाको एन्टिजेन परीक्षण गर्दा ४५ जना गरी ८२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोनाको सक्रिय सङ्क्रमितको संख्या ३६१ पुगेको छ भने संस्थागत आइसोलेशनमा २९ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् । त्यसैगरी बुधबार ६५ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

Facebook Comments Box