विराटनगर/ मालवाहक ट्रकको ठक्करबाट मोरङको विराटनगरमा एक जना पैदलयात्रीको मृत्यु भएको छ । विराटनगरबाट बूढीगंगा गाँउपालिकातर्फ जाँदै गरेको ना.४ ख ८६७९ नम्बरको ट्रकले कञ्चनबारी चोक नजिकै बुधबार बिहान करिब सवा सात बजेतिर ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको छ ।
अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनको परिचय भने खुलेको छैन । सडक पार गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले ट्रक चालक र ट्रकलाई नियन्त्रणमा लिएको छ ।

 

Facebook Comments Box