पाँचथर/ पाँचथरको याङवरक-६ टाहारीकी ४३ वर्षीय इन्द्रकुमारी बेघाको शव बङ्गुरको खोरमा भेटिएको छ । बेघालाई स्थानीयले मंगलबार आफ्नै घर छेउमा रहेको बङ्गुरको खोरमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
बेघालाई मंगलबार अपराह्न बङ्गुरको खोरमा घोप्टो परेर मृत अवस्थामा भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरी चौकी गणेशचोकबाट खटेको प्रहरी टोलीले घटनास्थलको विवरण संकलन गरेसँगै शव पोष्टर्माटमका लागि पाँचथर अस्पताल ल्याइएको छ ।

Facebook Comments Box