दमक/ झापाको दमक नगरपालिका-४ का वडाअध्यक्ष पुण्यप्रसाद दाहालले आप्mनो सुविधावापत प्राप्त गरेको रकमबाट वडाका एकजना दिर्घरोगीलाई आर्थिक सहयोग प्रदान गरेका छन् । स्थानीय तहको निर्वाचन ताका प्रतिबद्धता गरेअनुसार वडाअध्यक्ष दाहालले आफूले प्राप्त गरेको तलब भत्ता वापतको रकमबाट रु १० हजार स्थानीय मंगल टोल निवासी दीर्घरोगी तारा परियारलाई सहयोग उपलव्ध गराएका हुन् । कमजोर आर्थिक अवस्थाकी विरामीलाई औषधी सेवनमा सघाउ पुर्‍याउन स्वेच्छिक सहयोग पुर्‍याएको उनले बताएका छन् ।
बिहिबार पीडितको घरैमा पुगेर उनले उक्त सहयोग हस्तान्तरण गरे । यसअघि समेत उनले आप्mनो प्राप्त गरेको सुविधामार्फत् त्यहाँका दुई जना विरामी तथा असहायलाई आर्थिक सहयोग गरेका थिए । वडाअध्यक्ष दाहाल नेपाली काँग्रेसबाट वडाअध्यक्षमा निर्वाचित भएका हुन् । सहयोग हस्तान्तरणमा काँग्रेस दमक-४ का सभापति राजेन्द्र सिटौला, नगर सचिव दिपेश दाहाल, नेत्र सुवेदी लगायतको समेतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box