दाङ/ आज बिहिबारनै लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका नेता डिल्लीबहादुर चौधरीलाई नियुक्त गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशसभा सदस्य चौधरीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशका मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता ऋषिराम पन्थीले जानकारी दिए ।
प्रदेश प्रमुख शेरचनले सरकार गठनका लागि दावी पेशको आज बिहिबार ४ बजेसम्म समयसीमा तोकी आह्वान गरेका थिए । सोही बमोजिम तोकिएको समयभित्र अन्य कुनै सदस्यको दावी नआएको र यसअघि आजै तोकिएको समयसीमामा प्रदेश प्रमुख समक्ष नेपाली काँग्रेसका यस प्रदेशका संसदीय दलका नेता चौधरीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने ८ राजनीतिक दल र स्वतन्त्र प्रदेशसभा सदस्य समेत गरी जम्मा ५३ जना प्रदेशसभाका सदस्यहरूको समर्थनमा हस्ताक्षरसहित दाबी पेश गरेका थिए । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गरेका थिए । यसअघि आज बिहीबारनै गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पनि नेपाली काँग्रेसकै सुरेन्द्रराज पाण्डे नियुक्त भएका थिए ।

Facebook Comments Box