शिवसत्ताक्षी/ दुई दिन अघि घरैबाट हराएकी झापाको शिवसत्ताक्षी नगरपालिका- ६ की एक महिलाको शव फेला परेको छ । स्थानीय ६३ वर्षीया शान्तिमाया प्रधानको शव गएराती घर नजिकै फिलुङ्गेको नलले छोपेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
वडाध्यक्ष मनोज खुलालका अनुसार गत मंलबारदेखि हराइरहेको बृद्धाको कुहिन लागेको अवस्थामा शव फेला परेको हो । छिमेकी माचमा पराल लिन जाँदा कुहिएको गन्ध आएपछि खोजतलासका क्रममा ती महिलाको शव फेला परेको उनले बताए । मृतकको शवको प्रकृति हेर्दा भवितव्य नभई हत्या गरेको हुन सक्ने आंशका प्रहरीले गरेको छ । शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको बताउँदै घटनाको थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज युवराज कटुवालले इन्चार्ज कटुलालले बताए । शवलाई पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box