गौरीगञ्ज/ सीमा क्षेत्रबाट हुने लागुऔषध दुव्र्यशनी प्रयोगकर्ता र ओसारपसार नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय गौरीगञ्जले नागरिक स्तरमा सचेतना कार्यक्रम संचालन गरेको छ । नेपालीको भारतीय क्षेत्रमा खुला सिमाना रहेकाले लागुऔषध ओसारपसार, प्रयोगकर्ता र चोरीका घटना बढ्न सक्ने संभावनालाई न्यूनीकरण गर्न नागरिकलाई सजग गराउने कार्य गरिरहेको छ ।

सीमा क्षेत्रमा बसोबास गरिरहेका नेपाली नागरिकहरुको जीउधनको सुरक्षा गर्न प्रहरीले निरन्तर गस्ती गरिरहे पनि नागरिक पनि सजग हुनुपर्ने सचेतना कार्यक्रममा इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख विजय कार्कीले बताएका छन् । नागरिक सचेतना कार्यक्रममा प्रहरी प्रमुख कार्कीले गाउँ घरमा कुनै प्रकारको असहज परिस्थिति देखिएमा तुरुन्त प्रहरीलाई जानकारी गराउन अनुरोध गरेका छन् । नागरिकहरुको समस्या प्रति प्रहरी उतरदायी रहेकाले अफ्ट्यारो परिस्थितिमा सूचना पाउन साथ प्रहरी उपस्थित हुने जानकारी गराएका छन् । नागरिक सचेतता कार्यक्रममा प्रहरी प्रमुख कार्कीले लागुुऔषध दुव्र्यशनी मात्र नभएर नागरिकहरुले चोरी घरेलु हिंसा, मानव बेचबिखन जस्ता समस्याहरु भोगीरहेकाले यसतर्फ पनि जनताहरु सजग हुनुपर्ने बताए । सीमा क्षेत्रमा अवाञ्छित गतिविधि हुन नदिन प्रहरीले नियमित चेकजाँच कार्यलाई तिब्रता दिएजस्तै नागरिकहरुले पनि प्रहरीलाई सहयोग गर्न आग्रह गरेका छन् ।

Facebook Comments Box