गौरादह/ झापाको गौरादहमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । गौरादह जेसीज, जीवन विकास लघुवित्त वित्तीय संस्था शाखा गौरादह र जीरो क्लब गौरादहको संयुक्त आयोजनामा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धी १ दिने स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शनिबार गौरादह नगरपालिका वडा नं -१ को जनता माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न शिविरमा १९७ जनाले स्वास्थ्य लाभ लिएका थिए । महिलाहरुमा पाठेघरको मुखको क्यान्सर छ वा छैन भनेर थाहा पाउनका लागि पप टेस्ट (पाठेघरको मुखको पानीको तत्व) निकालेर परीक्षण गरिएको थियो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपाको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ  डा. सन्तोष कुमार झा र डा. वर्षा कार्की सहित नर्सहरु को समूहले स्वास्थ्य परीक्षण गरेको थियो । विवाहित महिलाहरुमा देखापर्ने विशेष गरी पाठेघरको मुखको क्यान्सरको समस्याको बारेमा समयमै पहिचान गर्ने उद्देश्यले शिविर संचालन गरिएको गौरादह जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी प्रकाश भट्टराईले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिका वडा नं – १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता नगेन्द्र भण्डारीले शिविरको उद्घाटन गरेका थिए । गौरादह जेसीज वर्ष २०२२ कि अध्यक्ष जेसी विनिता कटुवाल,  जीवन विकास लघुवित्त संस्थाका गौरादह शाखा प्रमुख जुनिकुमारी राजवंशी, थ्रि जिरो क्लबका संयोजक धुर्वचन्द्र अधिकारी, वर्ष २०२० का अध्यक्ष जेसी ताराकुमार श्रेष्ठ  लगायत गौरादह जेसीजका कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो । शिविरलाई संचालन गर्न विशेष सहयोग गर्ने गौरादह जेसीजका संस्थापक अध्यक्ष जेसी विजय सिटौला सहित सहजीकरण  गर्ने सबैलाई  गौरादह जेसीजको तर्फबाट सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रमको संयोजक जेसी  सिर्जना शर्मा रहेकी थिइन् भने जेसीज आस्था वाचन  सचिव जेसी दुर्लव कार्कीले गरेका थिए । कार्यक्रम संचालन गौरादह जेसीज वर्ष २०२३ का महासचिव जेसी भानु आचार्यले गरेका थिए  ।

 

 

Facebook Comments Box