दमक/ किरात याक्खा छुम्मा झापाको अध्यक्षमा टेकबहादुर देवान चुनिएका छन् । दमकको किरात भवनमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनले टेकबहादुरको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन भएको हो ।

सर्वसम्मत निर्वाचित कार्यसमितिको उपाध्यक्ष टिकाराज देवान, सचिवमा निहाङ किराती, सह-सचिवमा इन्द्रबहादुर याक्खा, कोषाध्यक्षमा अस्मिता सेवाहाङ चुनिएका छन् । यसैगरी सदस्यहरूमा अमृता देवान, भद्रिका जिमी, परिना देवान, विनय देवान, रामबहादुर याक्खा र तगेन्द्र देवान चयन भएका छन् । याक्खा छुम्माका जिल्ला अध्यक्ष मच्छिन्द्र कुमार याक्खाको अध्यक्षता तथा छुम्माका केन्द्रीय अध्यक्ष भूपालसिं जिमीको प्रमुख आतिथ्यता र केन्द्रीय उपाध्यक्ष कमन देवानको विशिष्ट आतिथ्यतामा भएको जिल्ला अधिवेशनमा छुम्माका केन्द्रीय पदाधिकारी, सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box