गौरादह/ झापाको गौरादह नगरपालिका भित्र रहेका संस्थागत र सामुदायिक बिद्यालयका स्काउटमा आबद्ध शिक्षकहरुलाई बि.टि.सि. आधारभूत स्काउट तालिम सञ्चालन गरिएको छ ।

स्काउटको आधारभूत ज्ञान दिने उद्देश्यले आयोजना गरिएको तालिममा स्काउट सञ्चालन भएका माध्यमिक र आधारभूत विद्यालयका २४ जना शिक्षकहरु सहभागी रहेका छन् । गौरादह नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको स्काउट तालिमको ब्यबस्थापन कार्यक्रमको सभापति समेत रहेकी गौरादह नगर स्काउट संयोजक गंगा कार्कीले गरेकी थिइन् । तालिममा सहभागी शिक्षकहरुलाई स्काउटमा सहभागी भएपछि गर्नुपर्ने आधारभूत कामहरुको बारेमा प्रशिक्षण दिइने स्काउटका तालिम प्रमुख अरुण बस्नेतले जानकारी गराएका छन् । शिक्षकहरुका लागि सञ्चालन गरिएको ६ दिने तालिममा सहजकर्ताहरु नारायण श्रेष्ठ, बद्री अधिकारी, अर्पण थापा मगर, बिक्रम तिवारीले प्रशिक्षण दिने गौरादह नगर स्काउटका ब्यबस्थापक प्रकाश भट्टराईले जानकारी दिए ।

तालिममा सहभागी शिक्षकहरुलाई स्काउटमा आबद्ध भएपछि गर्न हुने र गर्न नहुने, समाज सेवा, स्काउटको आधारभूत ज्ञान, प्राथमिक उपचार, लागुऔषध, दुव्र्यशनी, साइवर क्राइमका साथै व्यबहारिक ज्ञान दिइने जनाइएको छ । कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीले विद्यालयमा रहेका विद्यार्थीहरुलाई स्काउटको अवधारणा दिन पहिलो चरणमा शिक्षकलाई तालिमको आयोजना गरिएको बताए । गौरादह नगर शिक्षा शाखा प्रमुख टेकनाथ रेग्मीले विद्यार्थीहरुमा शिक्षण सिकाईका साथै अनुशासनको समेत विकास गर्न आवश्यक रहेकाले स्काउटले सहयोग गर्ने धारणा राखेका थिए । कार्यक्रममा गौरादह नगरपालिका उपमेयर जलबर्षा राजवंशी,संस्थागत विद्यालयका भिम बिजय बाँस्तोला लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

Facebook Comments Box