गौरादह/ गौरादह उद्योग वाणिज्य संघमा पुनः जीत बहादुर कार्की (जेबी) अध्यक्षमा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न उद्योग वाणिज्य संघको निर्वाचनको अन्तिम मत परिणामबाट कार्की अध्यक्षमा निर्वाचित हुँदै दोस्रो कार्यकाल पनि नेतृत्वमा पुगेका हुन् ।
वडा नम्बर ३ स्थित सामुदायिक भवन परिसरमा सम्पन्न निर्वाचनको मतगणना अनुसार कार्कीले २ सय ५० मत पाएका छन् । प्रगतिशिल समूहबाट अध्यक्षको उम्मेदवार रहेका कार्कीले स्वतन्त्र उमेदवार प्रकाश बाँस्कोटालाई ६८ मत अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । दोस्रो स्थानमा रहेका बाँस्कोटाले १ सय ८२ मत पाए । लोकतान्त्रिक समूहबाट अध्यक्षको उमेदवार रहेकी लक्ष्मी बाह्रकोटी प्रसाईंले १ सय ७८ मत ल्याइन् । प्रथम उपाध्यक्षमा अशोक चुडाल २ सय ६७ मत ल्याएर निर्वाचित भएका छन् । द्वितीय उपाध्यक्षमा दिलबहादुर अधिकारी (खत्री) ३ सय १९ मत प्राप्त गरी निर्वाचित भएका छन् । तृतीय उपाध्यक्षमा तारा कुमार श्रेष्ठले २ सय ६३ मत ल्याएर विजयी भएका छन् । महासचिव पदमा लोकतान्त्रिक समूहका इश्वर कुमार खत्री (अधिकारी ) २ सय ४९ मत प्राप्त गरी विजयी भएका छन् । उनले प्रगतिशिल समूहका क्रान्तिदीप काफ्लेलाई ४६ मतान्तरले पराजित गरेका छन् । काफ्लेले २ सय ३ मत पाए । कोषाध्यक्षमा हरि कार्की ३ सय १९ मत ल्याएर निर्वाचित भएका छन् । कार्कीले कमला नेम्वाङलाई ५७ मत अन्तरले पराजित गरेका छन् । नेम्वाङले २ सय ६२ मत पाइन् । खुला सदस्यहरुमा ई. भानु आचार्य ३ सय ७२, भानु सुवेदी ३ सय १७, हरि चन्द्र अधिकारी ३ सय ९, दिपक कुमार उप्रेती २ सय ८० ज्ञानेन्द्र प्रसाद लोहनी २ सय ५० कृतेन्द्र ढुङ्गाना २ सय १८ मोहन प्रसाद पराजुली २ सय ९ मत प्राप्त गरी निर्वाचित भएका छन् । महिला सदस्य तर्फ गीता खतिवडा २ सय १९ र मेनुका पोख्रेल २ सय १८ मत प्राप्त गरी विजयी भएका छन् । भूगोल तर्फ वडा नं ७/८ मा दुर्गा साह सर्वसम्मत भएका थिए भने वडा नं १ मा प्रेम बहादुर बस्नेत, वडा नं २/३ मा अनिश कार्की, वडा नं ४/५/६ मा कृष्ण कार्की र वडा नं ९ मा गजेन्द्र ढुंगाना निर्वाचित भएका छन् ।

Facebook Comments Box