काठमाडौं/ नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले पक्राउ गरेको छ । खाणलाई उनकै निवासबाट बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।
खाण गृहमन्त्री रहँदाका गृह सचिव टेकनारायण पाण्डेसहित १० जना प्रमाण सहित पक्राउ परिसकेका छन् । ती पक्राउ परेकाहरुको बयानका आधारमा पूर्वगृहमन्त्री खाण पनि यो प्रकरणमा तानिएका हुन् । यसअघि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई पनि पक्राउ परिसकेका छन् ।
यता नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्राफाइलका नेता तथा पूर्व प्रशासकहरु धमाधम पक्राउ पर्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भने प्रधानमन्त्री, गृहमन्त्री र नेपाल प्रहरीलाई धन्यवाद दिएका छन् । उनले यस प्रकरणमा अनुसन्धानलाई फितलो नबनाउन पनि सरकारलाई आग्रह गरेका छन् । यही प्रकरणमा नाम जोडिएका नेकपा एमालेका सांसद तथा पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझी भने फरार रहेका छन् ।

Facebook Comments Box