कमल/ झापाको कमल गाउँपालिका वडा नम्वर ५ को कार्यालयले लागुऔषध तथा मादक पदार्थ विरुद्ध सचेतना कार्यक्रम शुरु गरेको छ । बिहीबार सो सचेतना वडाका विभिन्न टोल विकास संस्था र स्थानीय सामाजिक संघ संस्थाका प्रतिनिधिहरुलाई दिइएको छ । आज शुक्रबार भने वडा बाल सञ्जाल र विद्यालयका बालबालिकाहरुलाई दिइने कार्यक्रम रहेको वडाध्यक्ष लाल बहादुर विष्टले जानकारी गराए । त्यस्तै यही वैशाख ३१ गते आइतबार गाउँपालिकाका जनप्रतिनिधिहरुलाई लक्षित गरी सो सचेनता कार्यक्रम गर्ने तय भएको पनि जानकारी गराइएको छ ।

स्थानीय पाथीभरा गण दक्षिणको सामुदायिक भवनमा भएको बिहीबारको कार्यक्रमको अध्यक्षता वडाध्यक्ष विष्टले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथि इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक जीवन कुमार गौतम, अतिथिहरुमा वडा सदस्यद्वय ओम कुमार प्रधान र चन्द्रकला सुब्बा रहेको थिए भने कार्यक्रमको औचित्य बारे प्रकाश पार्नुका साथै सहभागीहरुलाई स्वागत शान्त जीवन प्रतिष्ठान नेपाल कमल-५ मंगलबारेका अध्यक्ष रोशन खत्रीले गरेका थिए । कार्यक्रममा सम्बन्धित विषयमा रविन तामाङ र उर्गेन तामाङले प्रस्तुति गरेका थिए ।

Facebook Comments Box