दमकमा कांग्रेसको भित्तेपात्रो विमोचन र सम्मान
दमक/ नेपाली काँग्रेस दमक ५ ले शुक्रवार नयाँ वर्षको भित्तेपात्रो विमोचनसहित विदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । काँग्रेसको दमकस्थित नगर पार्टी कार्यालयमा एक कार्यक्रम गरी नयाँ वर्ष २०८० को भित्तेपात्रोको विमोचन गर्नुका साथै पार्टी नगर कार्यालयका पुराना कर्मचारी चन्द्रबहादुर अधिकारीको विदाई गरिएको हो । अधिकारी विगत २५ बर्षदेखि कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका थिए ।
सोही अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य गोकुल श्रेष्ठ र महाधिवेशन प्रतिनिधि नेतृ मन्दरा चिमरिया पौडेललाई समेत सम्मान गरिएको वडासभापति चैतन्य बरालले बताए । दमक उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष समेत रहेका तरुण दल क्षेत्र न. ५ का सभापति श्रेष्ठ हालै महासंघको निर्वाचनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । यस्तै, नेतृ पौडेल दमक-९ स्थित दमक बालबृद्धाश्रमको हालै सम्पन्न साधारणसभाबाट अध्यक्षमा चुनिएकी थिइन् । उनीहरुलाई नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बूले विदाई तथा सम्मान गरेकी थिइन् । त्यस्तै, काँग्रेस कोशी प्रदेश सदस्य भूमिराज राई, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, नगर सभापति प्रकाश प्रसाई, प्रदेश सभा ( २) का सभापति रवि केसी लगायतले बोलेका पार्टी वडासचिव धर्म ढुंगानाले बताए ।
यस्तै नेपाली काँग्रेस दमक-९ ले पनि भित्तेपात्रो वितरण तथा वडा भेला सम्पन्न गरेको छ । स्थानीय गुम्बाको सभाहलमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि काँग्रेस कोशी प्रदेश समितिकी सदस्य तथा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाई रहेकी थिइन् ।
वडासभापति युवराज कोइरालाको अध्यक्षतामा भएको भेलामा वडाउपसभापति महेन्द्र भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने काँग्रेसकी प्रदेश सदस्य चन्द्रा खड्का भट्टराई, जिल्ला सदस्यहरु मेनुका बुढाथोकी, दिलु सुब्बा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा पार्टीका पूर्व वडासभापति राजकुमार गौतम लगायतले बोलेका वडा सचिव मनितलाल धिमालले बताए ।

