उडेको दश मिनेटमै बिमान बिराटनगर फर्कियो यतिको जहाज

खराब मौसमका कारण बिराटनगर बाट काठमाडौंका लागी उडेको यती एअरलाइन्सको जहाज उडान भएको १० मिनेट पछि पुन बिराटनगर फर्किएको छ ! एक्कसी मौसमम आएको परिवर्तनका कारण बाक्लो कुहिरोले गर्दा विमान काठमाडौं तर्फ जान नसकेपछि पुन बिराटनगर नै अवतरण गरिएको जनाइएको छ !!


यस्तै काठमाडौं बाट आइपुगेको बुद्ध एयरको जहाजले पनि उडान गर्न सकेको छैन !बुद्ध एयरले मैसममा आएको खराबीका कारण उडान ढिलो हुने बुद्ध एयरले जनाएको छ । साथै तत्काल उडान गर्न सकिने/ नसकिने बारे अहिले केहि भन्न नसकिने बुद्ध एयरको बिराटनगर काउन्टरले जनाएको छ।
Facebook Comments Box