झापा, जेठ १६ / विद्यालय व्यवस्थापन समितिले डेढ महिनादेखि हाजिर गर्न राेक लगाएका भद्रपुर ९ स्थीत पुहाँतु जनज्याेति माविका पाँच जना शिक्षकले आज हाँजिर गरेका छन । दुइ मावि तह सहित पाँच जना शिक्षकले आज विद्यालयमा हाजिर गरेर नियमित पठन पाठनमा सहभागि भएकाे शिक्षक सृजना प्रसाईले जानकारी दिए ।

आज हामी पाँचै जनाले हाजिर गरेओैं,´ प्रसाईले  भने, `विद्यालयकाे वातावरण राम्राे बनाउँदैं नियमित पठन पाठनका लागि कक्षामा गयाैं ।व्यवस्थापन समितिकाे निर्णय नमानेकाे भन्दै शिक्षकहरू श्रीजना प्रसाई, कमला राई, सुमित्रा पाैडेल, डिल्लिराम अधिकारी र शर्मिला अधिकारीलाई वैशाख ५ गतेदेखि विद्यालय प्रशासनले हाजिर गर्न राेक लगाएकाे थियाे ।

 

Facebook Comments Box