पहाडी मार्गलाई भारतको सिक्किमसँग जोड्न प्रधानमन्त्रीले पहल गर्नुपर्छ – आङ्बो

विराटनगर / प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आज भारत प्रस्थान गर्दै छन । प्रधानमन्त्री प्रचण्डसँग साँझ ६ बजे भारतका विदेश सचिव विनयमोहन क्वात्रा र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।


यसै सन्दर्भमा कोशी प्रदेशका पूर्व अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले मध्य पहाडी मार्गलाई भारतको सिक्किमसँग जोड्न पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्– ‘राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण कार्य अगाडि बढिरहेको मध्यपहाडी राजमार्गको स्तरोन्नति र कालोपत्रेको निम्ति सरकारले प्रत्येक आ.ब.मा प्राथमिकताका साथ बजेट बिनियोजन गरिरहेको छ तर मध्यपहाडी राजमार्गको प्रारम्भ बिन्दु “चिवाभन्ज्याङ” नाका कहिले खुल्ने भन्ने सबैमा चिन्ता र चासो ब्याप्त रहेको छ।सम्माननिय प्रधानमन्त्री प्रचण्ड ज्युको यसपालिको भारत भ्रमणको मिति निश्चित भएपछिको भेटमा “चिवाभन्ज्याङ सिक्किम(भारत) अन्तराष्ट्रीय नाका संचालन गर्न भारत सरकार सङ्ग प्रारम्भिक प्रकृया थालनीको निम्ति आवस्यक छलफल होस भनेर आग्रह गरेको छु। राष्ट्रिय गौरवको मध्यपहाडी सडकले जोड्ने “चिवाभन्ज्याङ” नाका सन्चालनलाइ सरकारले प्राथमिकतासाथ अगाडि बढाउने र त्यसको निम्ति भारत सरकार सङ्ग छलफल प्रारम्भ गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ,हामी आशावादी छौं। सम्माननिय प्र.म.ज्युको भारत भ्रमण ऐतिहासिक रुपमा सफल रहोस शुभयात्रा ।