काठमाडौँ /  नेकपा एमालेले ओलीमाथि विभिन्न प्रश्न उठिरहेका बेला सचिवालय बैठक बोलाएको छ । पार्टीका आन्तरिक विषय र विभिन्न कोणबाट अध्यक्ष केपी शर्मा ओलीमाथि उठेका प्रश्नबारे छलफल हुने एमाले सचिवालयले जनाएको हो । केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न अध्यक्ष केपी शर्मा ओलीले जेठ १९ गते शुक्रबार बिहान बस्नेगरी सचिवालय बैठक बोलाएका हुन् । ‘शुक्रबार बिहान ११ बजे बैठक बस्दैछ । केन्द्रीय सदस्यहरुको कार्यविभाजन बैठकको एजेण्डा छ’, एमाले उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
यसअघि बैशाख अन्तिम साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले २०८० साललाई संगठन सुदृढीकरण बर्षका रुपमा अघि बढाउने र त्यसका लागि सवै केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीसहित फरक भूगोलमा पठाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सचिवालय बैठकले नेताहरुलाई कार्ययोजनासहित जिम्मेवारी दिएर जिल्ला पठाउन लागेको हो ।
यसका साथै सचिवालय बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने गुरुङले जानकारी दिए । ‘नागरिकताको विषय र बजेटको विषयमा पनि छलफल हुन्छ’, एमालेले बजेटले मुलुकको आर्थिक समस्या सम्बोधन नहुने प्रारम्भिक प्रतिक्रिया दिएको छ ।

Facebook Comments Box