काठमाडौँ / पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभरको मौसम सामान्यतया सफा रहनेछ। बिहानैदेखि चर्को घाम लागेको छ । अधिकांश भूभागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तराईसहित देशभर नै गर्मी बढ्ने अनुमान छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा अपराह्नपछि हल्का वर्षाको सम्भावना छ। तराईमा गर्मी अत्यधिक बढ्ने र पहाडमा वर्षासँगै मेघजर्जन र चट्याङको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Facebook Comments Box