काठमाडौँ ,२८ जेठ/ नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणि सुबेदी चयन भएका छन्।
शनिवार राति सम्पन्न निर्वाचनमा सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन्। उपाध्यक्षमा तिर्थ सिग्देल, सुभाष साह, महासचिवमा रामकुमार एलन, उपमहासचिवमा लेखनाथ सिकारु, प्रतिज्ञा बुढा मगर, सचिवमा कान्ति न्यौपाने, कोषाध्यक्षमा कृपा भण्डारीलगायत निर्वाचित भएका छन्।
सो संगठनको प्रथम राष्ट्रिय अधिवेशनको गत शुक्रवार उद्घाटन भएको थियो।

Facebook Comments Box