जेष्ठ ३१,चुलाचुली / आर्ट स्टुडियो द्वारा प्रस्तुत नाटक खरानिको धागो असाढको २ गते चुलाचुलीमा मञ्चन हुने भएको छ ।
लोककथामा आधारित रहेको यश नाटक जेष्ठ २३ देखि ३० गते सम्म बिर्तामोड राम चोक स्थित हिमाल सागर रिसोर्ट एण्ड पार्टि प्यालेसमा मञ्चन भएको थियो ।

करिब एक घण्टा र आधा समयावधि रहेको नाटकलाई चे शंखरले लेखन तथा निर्देशन गरेका हुन । नाटकमा कलाकारहरु शान्ता पौडेल ,गोमा बिमली,पुनम पराजुलि ,एम्के योङहाङ,निर्बिक भट्टराई ,गिता उप्रेति ,दिपक खरेल, शुशिला दाहाल,कृष्ण माया बुढा क्षेत्रि, रुद्र ओलि,अम्बिका श्रेष्ठ ,सिधिका दाहाल ,आरब पराजुलि को अभिनय देख्न सकिन्छ ।
देशमा बढ्दो बेरोजगारीले निम्त्याएको वैदेशिक पलायनता,सम्पन्न मुलुकको नागरिक हुने चलन, राजनैतिक अन्योलता र दैनिक जिजिविशा सहजताका लागि बसाई सराईले खाली हुँदै गरेको पुर्वी पहाडको एउटा रित्तो गाउँ र जन(जीवन लाई नाटकमा देख्न सकिन्छ ।

यो संगै नाटकमा नेपाली बिशेष गरि हिन्दु समुदायमा लोपोन्मुख हुँदै गरेका संगिनी,बालन जस्ता नृत्यहरु समावेश गरिएका छन । नाटक चुलाचुली ३ स्थित शिवओरक पोखरिमा दिनको ४ बजे देखि मञ्चन हुने छ । जहाँ यश अघि चुलाचुली रंगमञ्चको ९ औं वार्षिकोत्सब तथा दोस्रो पाठशाला नाट्य उत्सव समापन भएको थियो ।

नाटक मञ्चनको अवसरमा चुलाचुली पालिकाभरि रहेका विभिन्न कृतन मण्डली समूहरुको सहभागिता समेत रहने भएको छ । आर्ट स्टुडियो र चुलाचुली रंगमञ्चको सहकार्यमा हुन लागेको नाटक मञ्चन कार्यक्रम बिबेक खतिवडाको संयोजन मा रहने छ

Facebook Comments Box