पहिलो खेलमै नेपाल स्तब्ध, कुवेत ३-१ गोलले विजयी

साफ च्याम्पियनसिप २०२३ अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ ।
भारतको बेंगलुरुस्थित कान्तिराभा रंगशालामा भएको खेलमा नेपाल कुवेतसँग ३–१ गोलअन्तरले पराजित भएको हो ।
नेपालले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल खाएको थियो ।
कुवेतका लागि कप्तान खालेद हजियाले खेलको २३औँ र साइबाइबा अल्खाल्दीले ४१औँ मिनेटमा गोल गरेर टिमलाई पहिलो हाफमै २–० को अग्रता दिएका थिए । दोस्रो हाफमा मोहम्मद अब्दुल्लाहले पेनाल्टी प्रहारमा तेस्रो गोल गरे ।
नेपालको तर्फबाट भने ६७औँ मिनेटमा सान्त्वना गोल गर्यो । नेपालका लागि अञ्जन विष्टले कुवेतका तीन डिफेन्डर र गोलरक्षकलाई समेत छक्याउँदै बक्सभित्रबाट सानदार गोल गरे ।
योसँगै अन्जनले आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या १२ पुर्याएका छन् । उनी नेपालका लागि सर्वाधिक गोल गर्ने तेस्रा खेलाडीसमेत हुन् । उनीभन्दा अघ िहरि खड्का र निराजन रायमाझी छन् । दुवैले समान १३ गोल गरेका छन् ।
साफ च्याम्पियनसिपमा पहिलोपटक दक्षिण एसिया बाहिरका कुवेत र लेवनान समावेश छन् । दुवैलाई आमन्त्रित टिमका रूपमा समावेश गरिएको हो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा भारत र पाकिस्तान पनि छ ।

